खोटाङ, जेठ २५– खोटाङका ५१६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा कुल १ हजार २५७ जनालाई संक्रमण हुँदा ५१६ जनाले संक्रमण जितेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १८९ जना, हलेसी तुवाचुङ नगरपालिकाका ९५ जना, रावाबेँसी गाउँपालिकाका ४३ जना, केपिलासगढी गाउँपालिकाका १० जना, ऐसेलुखर्क गाउँपालिकाका ४१ जना, जन्तेढुंगा गाउँपालिकाका ३८ जना, खोटेहाङ गाउँपालिकाका १८ जना, साकेला गाउँपालिकाका ५४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १९ जना र बराहपोखरी गाउँपालिकाका ९ जनाले संक्रमण जितेका हुन् । ५१६ जनाले संक्रमण जित्दा र ५ जनाको मृत्यु हुँदा हाल जिल्लामा सक्रिया संक्रमितको संखा ७३६ कजना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २८० जना, हलेसी तुवाचुङ नगरपालिकामा ८२ जना, रावाबेँसी गाउँपालिकामा ३८ जना, केपिलासगढी गाउँपालिकामा ४९ जना, ऐसेलुखर्क गाउँपालिकामा ७१ जना, जन्तेढुंगा गाउँपालिकामा २१ जना, खोटेहाङ गाउँपालिकामा ४० जना, साकेला गाउँपालिकामा ६६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ७५ जना र बराहपोखरी गाउँपालिकामा १५ जना सक्रिया संक्रमित छन् ।