• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


साकेला गाउँपालिकामा लगाइएको सिल पूनः हप्ता दिन थप

साकेला गाउँपालिकामा लगाइएको सिल पूनः हप्ता दिन थप

images

प्रभाव न्यूज

२४ जेठ २०७८
  • 19.4K
    SHARES
  • images
    साकेला गाउँपालिकामा लगाइएको सिल पूनः हप्ता दिन थप
    images
    images
    images

    जेठ २४, खोटाङ -  यसअघि देखि नै आवतजावत गर्न नपाउने गरी साकेला गाउँपालिकामा लगाइएको शिल हप्ता दिन लम्बिएको छ। गाउँपालिकाभित्र भेरियन्ट सहितको कोभिडको फैलदोदर तीव्र रुपमा बढीरहेको र अझ संक्रमण दर समुदायस्तरमा फैलन नदिन गाउँपालिकामा लगाइएको सिल अवधि लम्बाइएको हो।

    images

    २३ जेठदेखि हप्ता दिनसम्मको लागि सिल अवधि लम्बाइएको गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले जानकारी दिए। यो अविधभित्र पालिकाभित्र कुनै भिडभाड, भोजभतेर, समिक्षा गोष्ठी, तालिम लगायतका भिडभाडजन्य गतिविधि गर्न/ गराउन पाइने छैन।

    पालिका तथा वडाको आर्थिक एवम् आन्तरिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा उच्च स्वास्थ्य मापदण्ड अपनाई बैकल्पिक विधि मार्फत हुने अध्यक्ष खड्काले बताए। गाउँपालिकाको बजार क्षेत्र भित्रका खाद्यान्न पसल दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म स्वास्थका मापदण्ड पालना गरेर मात्र खुला गर्न पाइनेछ।

    योसहित गाउँपालिका सिल गरिएको यो पाँचौं पटक हो। लगातार गाउँपालिका सिल गरिए पनि संक्रमितको संख्या घट्न सकेको छैन। समुदायमा संक्रमणदर के, कारण पुग्यो भन्ने यक्किन तथ्य नभए पनि मराउ(शदगद) कारण हुन सक्ने आशंका गरिएको छ। अघिल्लो रिपोर्टमा धेरै घटेको थियो। तर, पछिल्लो रिपोर्टमा बढेको पाईयो गाउँपालिका अध्यक्ष खड्काले भने।

    images

    यसपटक भने संक्रमित वडा बाहेक प्रशासनिक, आर्थिक काम स्वास्थ्य सर्तकता अपनाएर गर्नेछौ। हालसम्म यस गाउँपालिकामा कोरोना संक्रमितको संख्या ११९ जना पुगेको छ। ५४ जना संक्रमणमुक्त भएका छन्। ४१७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ।

    images

    images
    images

    प्रकाशित :जेठ २४, २०७८ सोमवार - २०:०४:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij