• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङ : मोटरसाईकलको मोहले यी दुईजनालाई पुर्‍यायो प्रहरीको पञ्जामा

खोटाङ : मोटरसाईकलको मोहले यी दुईजनालाई पुर्‍यायो प्रहरीको पञ्जामा

images

प्रभाव न्यूज

२० जेठ २०७८
  • 46.0K
    SHARES
  • images
    खोटाङ : मोटरसाईकलको मोहले यी दुईजनालाई पुर्‍यायो प्रहरीको पञ्जामा
    images
    images
    images

    खोटाङमा मोटरसाईकल चोरी गरी फरार रहेका दुई जना पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा पञ्चदोबाटोका सुबोध श्रेष्ठको बा ७२ प ४९६९ नम्बरको मोटरसाईकल चोरी गरी फरार रहेका दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका २२ वर्षीय सरोज विक र जुम्ला गुठीचौर गाउँपालिका–५ छेपालगाउँका २० वर्षीय राजेश खत्री छन्। दुबै जनालाई सरोजको घरबाट फरक–फरक दिनमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए। १८ जेठमा सरोजलाई र १९ जेठमा राजेशलाई पक्राउ गरिएको हो। उनीहरुले जेठ १५ गते राती चोरी गरेको मोटरसाईकल पनि बरामद गरिएको छ। उनीहरुले पञ्चदोबाटोबाट चोरी गरी ल्याएको मोटरसाइकल नुनथलाको सडकमा छोडेर फरार भएका थिए। पक्राउ परेकालाई हिरासतमा राखी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ २०, २०७८ बिहिवार - १६:३०:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij