विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणले समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएका थापाको मंगलबार निधन भएको पार्टीका संयाेजक मिलन पाण्डेले जानकारी दिए ।उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । "चिकित्सकहरुको अथक प्रयास र सबैको सुभेक्षाका बाबजुद उहाँको शारिरीक अवस्था सुुदृढ हुन सकेन," मेडिसिटी अस्पतालले भनेको छ, "मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौँ ।"