• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


थप उपचारका लागि साँढे तीन लाखमा काठमाडौं पुगिन खोटाङकी एक संक्रमित

थप उपचारका लागि साँढे तीन लाखमा काठमाडौं पुगिन खोटाङकी एक संक्रमित

images

प्रभाव न्यूज

१५ जेठ २०७८
  • 20.3K
    SHARES
  • images
    थप उपचारका लागि साँढे तीन लाखमा काठमाडौं पुगिन खोटाङकी एक संक्रमित
    images
    images
    images

    खोटाङ- खोटाङको एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाँटडाँडाकी ७८ वर्षीया महिला संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठमाण्डौं पठाइएको हो।

    images

    कोरोना संक्रमण पुष्टि भएको दश दिन पश्चात शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि शनिबार साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर थप उपचारमा काठमाण्डौ पठाइएको संक्रमितका आफन्त तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए।

    दश दिन अगाडी एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका तथा दुई दिनयता जिल्ला अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत भए पनि स्वास्थ्यमा अक्सिजन लेबल कम भएकाले संक्रमितलाई उपचारका लागि काठमाण्डौ लगिएको हो । संक्रमितलाई केएमसी अस्पताल काठमाण्डौमा भर्ना गरेर थप उपचार गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।

    १० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पूरानो बैंक चोकका ६४ वर्षीय एक जना पुरुष संक्रमितलाई पनि साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर थप उपचारमा काठमाण्डौ लगिएको थियो। यस्तै, ५ जेठमा ऐसेलुखर्कका गाउँपालिका–३ ऐसेलुखर्कका एकै परिवारका तीन संक्रमितलाई तीन लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर थप उपचारमा काठमाण्डौं लगिएको थियो।

    images

    जिल्लामा स्वास्थ्यको संरचना, पूर्वाधार, व्यवस्थापन र जनशक्ति फितलो हुँदा कोभिड–१९ बाट संक्रमितको स्वास्थ्यमा जटिल समस्या निम्तिएको अवस्थामा महंगो शुल्क तिरेर हेलीकोप्टर चार्टर गर्नुपर्ने बाध्य छ। हालसम्म जिल्लामा ७०४ जनामा कोरोना संक्रमण देखिएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ १५, २०७८ शनिवार - २०:२७:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij