• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता

चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता

images

प्रभाव न्यूज

१५ जेठ २०७८
  • 25.1K
    SHARES
  • images
    चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता
    images
    images
    images

    बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । आक्रमणमा संलग्न एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् ।उनीहरुमध्ये मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।५२ वर्षका दाजुको कोभिड–१९ संक्रमणबाट मृत्यु भएपछि मानबहादुरको समूह नर्स र डाक्टरहरूमाथि आक्रमणमा उत्रिएको हो । आक्रमणबाट बच्न चिकित्सक र नर्सले एक तला माथिबाट हाम्फालेर ज्यान बचाएका थिए । डा. चन्द्रबहादुर साहु, नर्सहरु अश्विनी गुरुङ, बन्दना श्रेष्ठ र सदीक्षा गैरेले हामफालेर बाँचेको बताएका छन् । कोभिड–१९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका नर्स र डाक्टरलाई कुट्ने एमाले कार्यकर्ता मानबहादुरको विगत राम्रो छैन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका रावत यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । ०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री निकट भनेर चिनिने मानबहादुर पहिले तुलसीपुर उप–महानगरपालिकाको जागिरे थिए । तुलसीपुर उप–महानगरका कार्यपालिका सदस्यलाई अभद्र व्यवहार गरेपछि उनलाई नगरपालिकाले निष्कासन गरेको थियो ।

    images

    images
    images

    प्रकाशित :जेठ १५, २०७८ शनिवार - १४:१९:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij