खोटाङ- कोरोना भाइरसको संक्रमणका कारण खोटाङका दुई जनाको निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ घर भएका ४८ वर्षीय लेख बहादुर खड्का र ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–५ महेश्वरी घर भएका २८ वर्षीय रामजनम राईको निधन भएको हो।
विरामी भएपछि खड्काको जेठ १२ गते परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार थप उपचारको लागि लैजानेक्रममा उदयपुरको कटारी पुगेपछि उनको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।
राईलाई पनि केही दिन अघि कोरोना पुष्टि भएको बताइएको छ। उनको काठमाडौंको कुपोण्डोलस्थित सर्वाङ अस्तालमा उपचारकोक्रममा शुक्रबार निधन भएको जनाइएको छ। राई काठमाडौंमै बसरे कलाकारीता क्षेत्रमा काम गर्दै आएका थिए।