• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


शक्तिशाली चक्रवातको असर सुरु, पूर्वका यी जिल्लामा हुँदैछ यस्तो खतरा

शक्तिशाली चक्रवातको असर सुरु, पूर्वका यी जिल्लामा हुँदैछ यस्तो खतरा

images

प्रभाव न्यूज

११ जेठ २०७८
  • 11.1K
    SHARES
  • images
    शक्तिशाली चक्रवातको असर सुरु, पूर्वका यी जिल्लामा हुँदैछ यस्तो खतरा
    images
    images
    images

    पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भैसकेको छ । यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि(बुधबार)सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ ।

    images

    यसको असर नेपालमा देखिन सुरु गरिसकेको छ । पूर्वी नेपालको मोरङ, सुनसरी, झापा र इलाममा अहिले हल्का वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार यो विस्तारै केही पश्चिमतर्फ सर्नेक्रम जारी छ । “पश्चिमतर्फ सरिरहेको छ ।

    तर, अहिलेसम्म यसको गति सुस्त छ । यो चक्रवात प्रतिघण्टा १०–१२ किलोमिटरको गतिमा पश्चिमतर्फ सरिरहेको छ,” मौसमविद् श्रेष्ठ भन्छन्, “यो गतिका कारण काठमाडौं र यहाँबाट पश्चिम पुग्न भने केही समय लाग्छ ।

    तर, यसको प्रभाव बिहीबार÷शुक्रबारसम्म रहन्छ ।” यसैबीच, आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

    images

    उच्च हिमाली भूभागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ ।

    images

    देशका धेरै स्थानमा बुधबारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । बिहीबार (१३ गते) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ ।

    उच्च हिमाली भू–भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहीहरूलाई सतर्क रहन विभागले भनेको छ । मेघगर्जन-चट्याङ-हावाहुरी र असिना–पानीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गरे ।

    images
    images

    प्रकाशित :जेठ ११, २०७८ मंगलवार - ०९:०३:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij