खोटाङ - खोटाङमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
सोमबार साँझसम्म जिल्ला अस्पतालमा ८ जना, जन्तेढुंगा गाउँपालिकामा ६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १ जना र एसेलुखर्क गाउँपालिकमा १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले खोटाङले जनाएको छ। ।
योसँगै जिल्लाभरी सक्रिय संक्रमित ५११ पुगेको छ। २ जनाले कोरोनाबाट ज्यान गुमाएका छ्न्।