• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कोरोना महामारी

बिहे, कार्जे, भोजभतेर र कुलपूजा नरोकिँदा कोरोनाले लियो खोटाङमा उग्ररुप

बिहे, कार्जे, भोजभतेर र कुलपूजा नरोकिँदा कोरोनाले लियो खोटाङमा उग्ररुप

images

प्रभाव न्यूज

१० जेठ २०७८
  • 24.1K
    SHARES
  • images
    बिहे, कार्जे, भोजभतेर र कुलपूजा नरोकिँदा कोरोनाले लियो खोटाङमा उग्ररुप
    फाइल तस्विर
    images
    images
    images

    खोटाङमा बिहे, कार्जे, भोजभतेर र जमघटलाई नियमन गर्न नसक्दा कोरोना भाइरसको संक्रमणले तीव्र रुप लिएको छ।

    images

    जिल्ला प्रशासन कार्यालयले यस्ता कार्यलाई पूर्णरुपमा प्रतिवन्ध लगाउन नसक्दा तथा २५ जना भन्दा बढी यस्ता कार्यमा सभागिता हुँदा कोरोना भाइरस संक्रमणले तीव्र रुप लिएको हो। जिल्लामा हालसम्मको संक्रमितको अवस्था हेर्दा अन्य जिल्लाबाट आएका, बिहे, कार्जे, भोजभतेर र जमघटमा सहभागी भएका अधिकांस व्यक्तिमा कोरोना पुष्टि भएको पाइएको छ।

    जिल्लाका १० वटै स्थानीय तहमा कतै विहेमा, कतै गुन्युचोलीमा सहभागीता हुँदा, कतै, रुद्रीपूजामा कतै भोजभतेर र कतै बाहिरबाट घर आएर क्वारेन्टिनमा नबसी तथा परीक्षण नगराई लखर - लखर गाउँ डुल्दिँदा र स्वास्थ्य सुरक्षाका न्यूननतम मापदण्ड पालना नगर्दा सल्केको कोरोना अहिले गाउँका कुनाकन्दरामा भुसको आगो झै फैलिएको छ।

    यो समाचार तयार पार्दासम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५३ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४५ जना, साकेला गाउँपालिकामा ५२ जना, ऐसेलुखर्क गाउँपालिकामा ४१ जना, रावाबेसी गाउँपालिकामा ४२ जना, केपिलासगढी गाउँपालिमा १४ जना, खोटेहाङ गाउँपालिकामा २२ जना, जन्तेढुंगा गाउँपालिकामा ३९ जना तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २३ जना सक्रिय संक्रमित रहेका छन्।

    images

    यो सँगै जिल्लाभरी सक्रिय संक्रमितको संख्या ४३१ पुगेको छ। हालसम्म २९ जनाले कोरोना जित्दा २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। आफ्नो स्थानीय तहका जनतामा सकेसम्म कोरोना लाग्नै नदिन र लागेपनि नियन्त्रण र न्यूनिकरण गर्न १० वटै स्थानीय तहका जनप्रतिनिधिहरु कम्मर कसेर लागेको देखिन्छ।

    images

    तर, गाउँघरमा भइरहेका बिहे, कार्जे, भोजभतेर, जमघट, रुद्रीपाठ, कुलपूजा जस्ता भेला जम्मा हुने कार्यलाई पूर्णरुपमा रोक्न चुकेका छन्। यहि चुकाइका कारण कोरोना संक्रमण फैलिदो अवस्थमा छ। जिल्लाभर दिनको एक सय भन्दा बढीमा कोरोना पुष्टि भइरहँदासमेत यस्ता कार्यलाई पूर्णरुपमा प्रतिवन्ध गर्न जिल्ला प्रशासन कार्यालयसमेत मौन छ।

    images
    images

    प्रकाशित :जेठ १०, २०७८ सोमवार - १७:२१:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij