खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ दिक्तेलका एक कोरोना संक्रमित हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं गएका छन्।
६४ वर्षीय कोरोना संक्रमित ति पुरुषमा स्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि महङ्गो शुल्कमा हेलीकोप्टर चार्टर गरेर काठमाडौं गएका हुन्। कोरोना पोजेटिभ देखिएको करिव १०/ ११ दिनपछि उहाँको स्वासप्रश्वासको मात्रा घट्यो, तत्कालै जिल्ला अस्पातलमा उपचारको लागि लगियो, त्यहाँ पनि सुधार नभएपछि ३ लाख ५० हजारमा हेलीकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको आफन्त छत्र कुमार बजिमयले जानकारी दिए।
उनको परिवारका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीबाहेक अन्यको अवस्था सामान्य रहेको बताइएको छ।