• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कोरोनाका कारण एमाले पूर्वसांसद बस्नेतको निधन

कोरोनाका कारण एमाले पूर्वसांसद बस्नेतको निधन

images

प्रभाव न्यूज

१० जेठ २०७८
  • 12.0K
    SHARES
  • images
    कोरोनाका कारण एमाले पूर्वसांसद बस्नेतको निधन
    images
    images
    images

    नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण सोमबार बिहान निधन भएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहा ४ बजे उनको निधन भएको हो।

    images

    मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो। कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उनलाई निमोनिया बढेपछि अस्पताल लगिएको खोर्सानेका स्थानीय व्यवसायी गोपाल याक्खाले जानकारी दिए ।

    पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए। खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाजसेवामा सक्रिय थिए ।

    उनी भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन्।

    images

    images
    images

    प्रकाशित :जेठ १०, २०७८ सोमवार - ०८:५५:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij