काठमाडौं - भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ।
नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको हो।
खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्दैछ ।