बिहीबार सुन तोलामा ६ सय रुपैया बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य बिहीबार तोलामा ६०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ भएको हो ।
नेपाली बजारमा सुनचाँदीको दैनिक उकालो लागेको छ । त्यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ ।