खोटाङ - खोटाङका थप ५४ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ । शुक्रबारको पिसिआर-एन्टीजेन परिक्षणबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४६ जना, रावाबेँसी गाउँपालिकाका ४ जना र साकेला गाउँपालिकाका ४ जनालाई कोभिड-१९ को संक्रमण पूष्टि भएको हो ।
यससँगै जिल्लामा कोभिड-१९ बाट सक्रिय संक्रमितको संख्या ३१५ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। हालसम्म जिल्लामा २ संक्रमितको मृत्यु हुँदा २३ संक्रमितले कोभिड-१९ लाई जितिसकेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १४ जना, साकेला गाउँपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले संक्रमणलाई जितेका स्वास्थ्य कार्यालयले जनाएको छ।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३७ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४० जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २४ जना, साकेला गाउँपालिकामा २० जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिया संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये २८६ जना होमआइसोलेसनमा, २१ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।