• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङको एक गाउँमा ३४ जनाको पिसिआर गर्दा ३२ जना संक्रमित

खोटाङको एक गाउँमा ३४ जनाको पिसिआर गर्दा ३२ जना संक्रमित

images

प्रभाव न्यूज

६ जेठ २०७८
  • 17.7K
    SHARES
  • images
    खोटाङको एक गाउँमा ३४ जनाको पिसिआर गर्दा ३२ जना संक्रमित
    images
    images
    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका ३२ जनामा कोरोना संक्रमण पूष्टि भएको छ।

    images

    कन्ट्रायक ट्रेसिङमा परेका, जोखिम क्षेत्रबाट आएका र लक्षण देखिएका ३४ जनाको २ जेठमा स्वाव संकलन गरी पिसिआर परीक्षण पठाइएकामा बिहीबार रिपोर्ट आउँदा ३२ जनामा संक्रमण पूष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले जानकारी दिए।

    दुई जनाको रिपोर्ट आउँन बाँकी छ।

    जिल्लामा आज  थप ५५ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३२ जना, ऐसेलुखर्क गाउँपालिकाका २२ जना र हलेसी तुवाचुङ नगरपालिकाका १ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १७३ जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकामा बिहिबार ५४ जनाको रिपोर्ट आउँदा ३२ जनालाई संक्रमण देखिएको हो । अझै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ११९ जनाको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

    images

    यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या २५९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।

    हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १७ जना संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९ जना, साकेला गाउँपालिकाका ७ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ लाई जितेका छन् । दिक्तेलका २ जनाले बिहिबार कोभिड–१९ जितेका हुन् ।  

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४३ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २० जना, साकेला गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिया संक्रमित छन् । 


    सक्रिय संक्रमितमध्ये २३६ जना होमआइसोलेसनमा, १५ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ । 

    images
    images

    प्रकाशित :जेठ ६, २०७८ बिहिवार - १९:१६:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij