खोटाङ - आगलागी हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीका कुलबहाखुर खत्रीको पाँच लाखभन्दा बढीको धनमाल क्षती भएको छ।
बिहिबार बिहान चुल्होबाट सल्किएको आगोले दुई तले घर जल्दा ५ लाख २० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ।
आगालीमा घर, घरभित्र राखिएको काठपात, भाँडावर्तन, लत्ताकपडा, अन्नपात लगायत जलेर नष्ट भएको छ।