• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु

images

प्रभाव न्यूज

६ जेठ २०७८
  • 65.8K
    SHARES
  • images
    ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु
    फाइल तस्विर
    images
    images
    images

    खोटाङ- ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बगरेभञ्ज्याङमा निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।

    बिहिबार सडकबाट पल्टिएको ट्याक्टर करिब ३० मिटर तल खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए।

    दुर्घट्नामा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते र २९ वर्षीय धनबहादुर सुनुवार मध्यम घाईते भएका छन् । घाईतेलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठमाण्डौं रेफर गरिएको छ।

    images

    घट्नास्थल मुचुल्काको काम पुरा गरेर शव जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ ६, २०७८ बिहिवार - १६:०९:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij