• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङबाट हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि गए तीन संक्रमित

खोटाङबाट हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि गए तीन संक्रमित

images

प्रभाव न्यूज

५ जेठ २०७८
  • 35.6K
    SHARES
  • images
    खोटाङबाट हेलीकोप्टर चार्टर गरेर थप उपचारका लागि गए तीन संक्रमित
    images
    images
    images

    खोटाङको ऐसेलुखर्क गाउँपालिकाका एकै परिवारका तीन संक्रमित हेलीकोप्टर चार्टर गरेर काठमाण्डौं गएका छन्।

    images

    तीन संक्रमितमध्ये एक पुरुषलाई प्रेसरको समस्या समेत देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कले रेफर गरे लगत्तै उनीहरु महंगो भाडा तिरेर बुधबार काठमाण्डौं गएका हुन्। थप उपचारका लागि ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर संक्रमित काठमाण्डौं गएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

    उनीहरुलाई गत बैसाख ३१ गते कोभिड–१९ को संक्रमण भएको पूष्टि भएको थियो। संक्रमण पूष्टि भएका सोही परिवारका ७८ वर्षीय बृद्धको भने जेठ १ गते निधन भएको थियो। ‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै थियो। पुरुषलाईचैं प्रेसरको समस्या पनि देखिए छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘अस्पताल जाने नै भएपछि सबैजना जाने सल्लाह अनुसार गएका हुन्।

    संक्रमितलाई बोक्ने हेलीकोप्टर पाउन भने सहज रहेनछ।’ ऐसेलुखर्क गाउँपालिकामा हालसम्म ३१ जनाको एन्टीजेन परिक्षण गर्दा १६ जनालाई संक्रमण पूष्टि भइसकेको छ। संक्रमितसँगको सम्पर्कमा पुगेका ८१ जनाको पिसिआर परीक्षणका लागि बुधबार नमूना संकलन गरेर काठमाण्डौं पठाइएको स्वास्थ्य शाखाले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ ५, २०७८ बुधवार - २०:४५:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij