• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज र भोलि मौसममा हुँदैछ यस्तो उल्का, सतर्क रहन चेतावनी

आज र भोलि मौसममा हुँदैछ यस्तो उल्का, सतर्क रहन चेतावनी

images

प्रभाव न्यूज

५ जेठ २०७८
  • 20.6K
    SHARES
  • images
    आज र भोलि मौसममा हुँदैछ यस्तो उल्का, सतर्क रहन चेतावनी
    images
    images
    images

    काठमाडौँ- भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले देशभरको मौसममा बदली भएको छ।

    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू–भागको एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

    वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ। महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

    दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।

    images

    उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images

    images
    images

    प्रकाशित :जेठ ५, २०७८ बुधवार - १२:३६:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij