• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि

खोटाङमा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि

images

प्रभाव न्यूज

४ जेठ २०७८
  • 18.7K
    SHARES
  • images
    खोटाङमा एकै दिन ४४ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images
    images

    खोटाङ - खोटाङमा थप ४४ जनालाई कोभिड–१९ संक्रमण पूष्टि भएको छ। मंगलबारको एन्टीजेन तथा पिसिआर परीक्षणबाट रावाबेँसी गाउँपालिकामा १५ जना, जन्तेढुंगा गाउँपालिकामा १३ जना, केपिलासगढी गाउँपालिकामा ८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना र हलेसी तुवाचुङ नगरपालिकामा ३ जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको हो।

    images

    यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८७ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।

    हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १० संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन्। हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ३८ जना, साकेला गाउँपालिकामा २१ जना, रावाबेँसी गाउँपालिकामा २० जना, जन्तेढुंगा गाउँपालिकामा १७ जना, ऐसेलुखर्क गाउँपालिकामा १५ जना, खोटेहाङ गाउँपालिकामा १० जना र केपिलासगढी गाउँपालिकामा १० जना सक्रिया संक्रमित छन्।

    सक्रिया संक्रमितमध्ये १६९ जना होमआइसोलेसनमा, १३ जना संस्थागत आइसोलेसनमा र ५ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए।

    images

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ।

    images

    images
    images

    प्रकाशित :जेठ ४, २०७८ मंगलवार - १८:१९:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij