• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कोरोना संक्रमणबाट उपप्रमुख आशा चौधरीको निधन

कोरोना संक्रमणबाट उपप्रमुख आशा चौधरीको निधन

images

प्रभाव न्यूज

४ जेठ २०७८
  • 14.2K
    SHARES
  • images
    कोरोना संक्रमणबाट उपप्रमुख आशा चौधरीको निधन
    images
    images
    images

    सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।

    images

    विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।

    त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आईसीयूमा राखिएको थियो ।

    तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

    images

    मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    images

    -रासस

    images
    images

    प्रकाशित :जेठ ४, २०७८ मंगलवार - १०:४२:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij