• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रचण्डकी छोरीकै महानगरमा मृतकको लासमा ब्रम्हलुट गरेको खुलासा !

प्रचण्डकी छोरीकै महानगरमा मृतकको लासमा ब्रम्हलुट गरेको खुलासा !

images

प्रभाव न्यूज

३ जेठ २०७८
  • 30.8K
    SHARES
  • images
    प्रचण्डकी छोरीकै महानगरमा मृतकको लासमा ब्रम्हलुट गरेको खुलासा !
    images
    images
    images

    चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो चितवन। यहाँको प्रमुख भरतपुर महानगरपालिकाको मेयर छिन रेणु दाहाल । जो प्रचण्डकी छोरी हुन्।

    images

    कोरोना महामारीमा संक्रमितलाई सहज उपचार, अस्तपताल, आइसोलेसन र निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाउनु जनप्रतिनिधिको दायित्व हो। यो रेणु दाहालको पनि दायित्व हो। तर, उनकै महानगरमा मृत्युको संस्कारमा ब्रम्हलुट गरेको खुलेको छ। महानगर अन्तर्गतको देवघाटस्थित दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको शव जलाउन ठाउँमा एउटा शव जलाएको २८ हजार रुपैयाँ लिने गरेको पाइएको छ।

    मृत्युपछिको मानवीय पीडा र संवेदना बिर्सिएर महानगर लासबाट समेत असुलीमा लागेको पाइएको छ। यसको भुक्तभोगी भरतपुर महानगरपालिका–१ रामनगरका केशव रिमाल पैसा नहुने मान्छेले के गर्लान भनि आक्रोश पोख्छन्। कोरोनाबाट निधन भएका आफन्तको दाहसंस्कारमा सहभागी हुन घाट पुगेका उनले शव जलाउँदै गर्दा शुल्क बापत २८ हजार रुपैयाँ मागेको देखे।

    घाट जान पैसा बोकिएको थिएन। सबैसँग मागेर काम चलाइयो। आफन्त वित्नुको पीडा, दाहसंस्कार गर्नुको पीडा त छँदैथियो त्यसमाथि शुल्कको पीडा पनि थपियो। रिमाल र उनका आफन्तलाई यति शुल्क लाग्छ भन्ने जानकारी थिएन।

    images

    अस्पतालबाट निस्केको मान्छे घाटमा पुग्दा सबैसँग पैसा नै हुन्छ भन्ने पनि हुँदैन। त्यसमाथि सक्नेले त २८ हजार रुपैयाँ पनि सजिलै तिर्लान्, नहुनेका लागि त यो रकम धेरै हो रिमालको नजरमा। उनले यसलाई घटाउन माग गरे। बढिमा १० हजार भन्दा बढी नलाग्नेमा चर्को असुली भइरहेको उनको गुनासो छ।

    images

    चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि बढि शुल्क लिइरहेको गुनासो आएको भन्दै कसरी घटाउने भन्नेबारे छलफल गरिरहेको बताए।

    -नेपालपाना

    images
    images

    प्रकाशित :जेठ ३, २०७८ सोमवार - १६:३५:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij