• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि

खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि

images

प्रभाव न्यूज

१ जेठ २०७८
  • 15.6K
    SHARES
  • images
    खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पुष्टि
    images
    images
    images

    खोटाङमा थप १० जनालाई कोरोना संक्रमण पूष्टी भएको छ। शनिबार गरिएको एन्टीजेन परीक्षणमा हलेसी तुवाचुङ नगरपालिकामा ८ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनालाई संक्रमण पूष्टी भएको हो।

    images

    हलेसीमा २३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पूष्टी भएको नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक प्रकाश घिमिरेले बताए। हालसम्म ६ जना संक्रमणमुक्त हुँदा र १ जनाको मृत्यु हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या १२१ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४६ जना, हलेसी तुवाचुङ नगरपालिकामा २५ जना, साकेला गाउँपालिकामा २३ जना, ऐसेलुखर्क गाउँपालिकामा १३ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ४ जना सक्रिया संक्रमित छन् ।

    संक्रमितमध्ये १०६ जना होेमआइसोलेसनमा र १५ जना संस्थागत आइसोलेसनमा बसिरहेका छन्। संस्थागत आइसोलेसनमा बसिरहेकामध्ये खोटेहाङ गाउँपालिकाका ३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १ जनालाई अन्यत्र रेफर गरिएको जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए।

    images

    संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ।

    images

    images
    images

    प्रकाशित :जेठ १, २०७८ शनिवार - १९:४७:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij