खोटाङ - खोटाङका चार संक्रमितले कोभिड-१९ को संक्रमणलाई जितेका छन् ।
कोभिड-१९ को संक्रमण पूष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अल्छेढुंगाका एकै परिवारका चार जनाले कोरोना संक्रमणलाई जितेका हुन् ।
गत बैसाख २२ गते गरिएको एन्टीजेन परिक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन् । शनिबार गरिएको एन्टीजेन परिक्षणमा एकै परिवारका चार जनाको एन्टीजेन रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।
शुक्रबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका पाण्डे थरका एक पूरुष कोरोना संक्रमणमुक्त भएका थिए।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ पुगेको छ । निको भएका सबै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हुन्।