काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बैठकमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कन इन्कार गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सशंकित बनेको छ।
विशेषतः शनिबारको जुम मिटिङमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूले चर्को आवाज उठाएका हुन्। खनाल–नेपाल समूहका नेता शनिबार पनि बिहान ११ बजेदेखि नै जुम छलफलमा बसेका थिए।
त्यहाँ हिजो (शुक्रबार) रामबहादुर थापा ‘बादल’लाई समेत राखेर कार्यदल गठन र विवाद साँघु¥याउन खोजेपछि ओली सुध्रने संकेत नदेखिएको केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेका हुन्।
शनिबारको जुम मिटिङमा नेता नेपालले ओली फेरिएको आशय ब्रिफिङ गरेको बताइएको छ।
यसले सहमतिको वातावरण नबन्ने र ओली समूह जसरी हुन्छ पेलेर जाने रणनीतिमा रहेको निचोड निकालिएको जनाइएको छ।