• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा कोरोना संक्रमणबाट एकको निधन

खोटाङमा कोरोना संक्रमणबाट एकको निधन

images

प्रभाव न्यूज

१ जेठ २०७८
  • 25.6K
    SHARES
  • images
    खोटाङमा कोरोना संक्रमणबाट एकको निधन
    images
    images
    images

    खोटाङ - खोटाङमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ। ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–३ ऐंसेलुखर्कका ७८ वर्षीय गोपीलाल राजभण्डारीको संक्रमणबाट निधन भएको हो।

    images

    उनी लामो समयदेखी विरामी थिए। शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएको २४ घण्टा नपुग्दै उनको शनिबार विहान ६ः३० बजे निधन भएको ऐंसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले प्रभाव न्यूजलाई जानकारी दिए।

    मृतकको शव दाहासत्कार गर्ने तयारी गरिएको अध्यक्ष निरौलाको भनाई छ। राजभण्डारीको परिवारलाई नै कोरोना संक्रमण देखिएको उनको भनाई छ। स्वास्थ्यकर्मीको टोलीले सुरक्षितता अपनाएर शव दाहासत्कार गर्ने उनले जानकारी दिए।

    गाउँपालिकाले कोरोना संक्रमणबाट जोगाउन केही दिन अघिदेखी गाउँपालिकामा निशेधाज्ञा गरिसकेको छ। ऐसेलुखर्क गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण भएको छ भने जिल्लाभर ११८ जनामा संक्रमण देखिएको छ।

    images

    संक्रमणबाट खोटाङ घर भइ अन्य ठाँउमा उपचारको क्रममा केहीले ज्यान गुमाएपनि जिल्लामा संक्रमणबाट राजभण्डारीको निधन भएको घटना पहिलो हो। मृतक राजभण्डारी नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिकाका सभापति हरेराम राजभण्डारीका पिता हुन।

    images

    images
    images

    प्रकाशित :जेठ १, २०७८ शनिवार - ०९:११:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij