• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मलेसियामा रहेका नेपालीले अब राहदानी आफैँसँग राख्न पाइने

मलेसियामा रहेका नेपालीले अब राहदानी आफैँसँग राख्न पाइने

images

प्रभाव न्यूज

३० आषाढ २०८३
  • 1.3K
    SHARES
  • images
    मलेसियामा रहेका नेपालीले अब राहदानी आफैँसँग राख्न पाइने
    images
    images
    images

    काठमाडौं । मलेसियामा कार्यरत नेपालीले अब राहदानी आफैँसँग राख्न पाउने भएका छन् । क्वालालम्पुरस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै अबदेखि सबै नेपाली नागरिकहरूलाई आफ्नो राहदानी (पासपोर्ट)आफैँसँग राख्न आग्रह गरेको छ ।

    images

    मलेसियाको प्रचलित कानूनको पालना गर्न र यात्राका क्रममा हुनसक्ने झन्झटबाट बच्न दूतावासले यो कदम चालेको हो ।

    दूतावासले मलेसियाका सबै रोजगारदातालाई पनि आफ्ना नेपाली श्रमिकहरुको राहदानी उनीहरुकै साथमा रहने व्यवस्था मिलाउन र त्यसको सुनिश्चितता गर्न अनुरोध गरेको छ ।

     

    कानूनले अनुमति दिएको अवस्था र श्रमिकको स्पष्ट सहमति भएको अवस्थामा बाहेक रोजगारदाताले श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा राख्नु गैरकानूनी हुने छ ।

    images
     

    कुनै रोजगारदाता वा अन्य पक्षले श्रमिकको सहमति बिना राहदानी नियन्त्रणमा राखेमा दूतावासमा जानकारी गराउन भनिएको छ ।745522225_1349343666733086_6546519838286935110_n.jpg

    images

     

    images
    images

    प्रकाशित :आषाढ ३०, २०८३ मंगलवार - १७:३०:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij