• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

images

प्रभाव न्यूज

८ बैशाख २०८३
  • 9.3K
    SHARES
  • images
    विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    images
    images
    images

    कैलाली । कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    images

    गाउँकै एक विवाह कार्यक्रमममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

    उनका अनुसार सोमबार राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।

    घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए ।

    images

    मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images

    थप अनुसन्धानपछि घटनाबारे विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।

    images
    images

    प्रकाशित :बैशाख ८, २०८३ मंगलवार - ०८:२६:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij