• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दलहरूको सहयोगबिना निर्वाचन सम्भव हुँदैन : प्रधानमन्त्री

दलहरूको सहयोगबिना निर्वाचन सम्भव हुँदैन : प्रधानमन्त्री

images

प्रभाव न्यूज

५ कार्तिक २०८२
  • 12.9K
    SHARES
  • images
    दलहरूको सहयोगबिना निर्वाचन सम्भव हुँदैन : प्रधानमन्त्री
    images
    images
    images

    काठमाडौं– प्रधानमन्त्री शुशीला कार्कीले दलहरूको सहयोगबिना निर्वाचन सम्भव नहुने बताएकी छन् । मंगलबार सरकार र दलका प्रतिनिधिबीच वालुवाटारमा भएको संवादमा कार्कीले सरकारको मुख्य ध्येय निर्वाचन रहेको बताएकी प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले बताए ।  

    images

    "प्रधानमन्त्रीले सरकारको मुख्य ध्येय निर्वाचन रहेको छ । दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभयो," मुख्य सल्लाहकार खनालले भने । 

    खनालले प्रधानमन्त्री र दलको संवादमा सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राखेको बताए । मुख्य सल्लाहकार खनालले भने, "सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राख्नुभएको छ । चासोहरू व्यक्त भएका छन् । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ ।"

    images
    images

    प्रकाशित :कार्तिक ५, २०८२ मंगलवार - २१:४२:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij