• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री

हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री

images

प्रभाव न्यूज

२० भाद्र २०८२
  • 3.5K
    SHARES
  • images
    हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
    images
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) एक पेसा मात्र नभएर मानवीय सेवा पनि भएको बताएकी छिन् । 

    images

    सिया प्यासिफिक केयर लर्निङ सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै उनले भनिन् “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेसा या जागिरका रूपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।” 

    हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उनले बताइन् । मन्त्री डा राणाले नेपालमा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने महिला सहभागितालाई अवरुद्ध गरेको बताइन् । 

    पालले परिवर्तनको आवश्यकतालाई पहिचान गरेको र १६औँ आवधिक योजनाले पहिलोपटक हेरचाहलाई हाम्रो विकास दृष्टिकोणको केन्द्रमा राखेको पनि उनले बताइन् । मन्त्री डा राणाले हेरचाहमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्ने बताउँदै स्वास्थ्य र शिक्षा हेरचाहमा रहेको अहिलेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने अध्ययनहरूले देखाएको स्पष्ट पारिन् । 

    images

    सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमी यस क्षेत्रका चुनौती रहेका र सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गरेर चुनौतीको सामना गर्न सकिने उनले बताइन् । 

    images

    दशकौँअघिदेखि आफूहरूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रहरूमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानताका क्षेत्रमा गरेका कामहरूको स्मरण गर्दै मन्त्री डा राणाले यी सहयोग एवं अभियानहरूको गणना कमै हुने गरेपनि यस्तै कार्यक्रमहरूले नेपालमा मातृ तथा शिशु मृत्यु घटाउन ठूलो योगदान गरेको चर्चा गरिन्। हेरचाहसम्बन्धी कार्यहरूबाटै महिला तथा शिशु स्वास्थ्यमा सुधार आएको र यसबाट देशकै स्वास्थ्यका सूचकहरू पनि बलिया हुँदै गएको उनको धारणा छ । 

    images
    images

    प्रकाशित :भाद्र २०, २०८२ शुक्रवार - ११:१८:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij