• बुधवार, कार्तिक १९ गते २०८३

TRENDING :

Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते


परारष्ट्रमन्त्री राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

परारष्ट्रमन्त्री राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

images

प्रभाव न्यूज

७ भाद्र २०८२
  • 7.4K
    SHARES
  • images
    परारष्ट्रमन्त्री राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
    images
    images
    images

    काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ। शनिबार परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो। 

    images

    भेटमा नेपाल भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। 

    मन्त्री राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने बताइन्। उनले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने बताइन्। बौद्ध धर्म दुवै देश र जनताबीच सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा उनले जोड दिइन्। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने बताइन्। 

    यस्तै मन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले सहयोग गर्न आग्रह गरिन्। उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।  

    images

    जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री राणाले बताए।  

    images

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति भो आज काठमाडौं आएकी हुन्।  

    images
    images

    प्रकाशित :भाद्र ७, २०८२ शनिवार - १७:१९:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij