• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


विद्यालयबाट घर फर्कदै गरेकी छात्रामाथि सामूहिक बलात्कार

विद्यालयबाट घर फर्कदै गरेकी छात्रामाथि सामूहिक बलात्कार

images

प्रभाव न्यूज

२४ श्रावण २०८२
  • 21.7K
    SHARES
  • images
    विद्यालयबाट घर फर्कदै गरेकी छात्रामाथि सामूहिक बलात्कार
    images
    images
    images

    खोटाङ - विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया छात्रालाई आफ्नै साथीहरूले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

    images

    केपिलासगढी गाउँपालिकास्थित एक विद्यालयमा कक्षा–८ मा अध्ययनरत छात्रालाई सोही विद्यालयकै कक्षा–९ मा अध्ययनरत १५/१६ उमेर समुहका दुईजनाले साउन १९ गते राती सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    विद्यालयबाट घर फर्कने क्रममा 'तिमीसँग कुरा गर्नु छ' भन्दै दुई जनाले जङ्गलको बीचमा आएपछि बाटो छेकेर ओढारमा लगेर रातभरि बलात्कार गरेको पीडित छात्राको परिवारले जनाएको छ ।

    विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोज्ने क्रममा भोलिपल्ट घटनास्थलमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।

    images

    आफन्तले साउन २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन् । आरोपित दुवै जना किशोर फरार रहेको प्रहरीले जनाएको छ ।

    images

    बालिकाको स्वास्थ्य परीक्षणपछि बिहीबार आफन्तको जिम्मा लगाएर पठाइएको छ ।

    images
    images

    प्रकाशित :श्रावण २४, २०८२ शुक्रवार - ०९:१४:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij