योगिन राई
खोटाङ, १२ साउन - प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नागरिकको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् ।
प्रमुख जिल्ला अधिकारीको रुपमा खोटाङ आएका श्रेष्ठले साउन १२ गते पत्रकारसँगको परिचयत्मक कार्यक्रममा जिल्लाका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने बताएकी हुन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैले आ–आफ्नो पेशा व्यवसाय ढुक्ककासाथ सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएकी छन् ।
जिल्ला प्रशासन कार्यालय खोटाङले इतिहासमै पहिलोपल्ट महिला सिडियो पाएको हो । गृह–मन्त्रालयले श्रेष्ठलाई खोटाङको ५२ औं सिडियोको रुपमा खटाएको हो।
जिल्लाका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई नागरिकता वितरणमा प्रशासनबाट हुने मझेला, नियमित बजार अनुगमन, ढिलासुस्ती गर्ने ठेकेदारमाथि कारबाही लगायतका विषयमा ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लामा लागु औषध, आत्महत्या, बलात्कार जस्ता अपराध चुनौतीको रुपमा देखिएको औंल्याएका छन् ।
प्रमुख जिल्ला अधिकारीको रुपमा खोटाङ आएका श्रेष्ठले साउन १२ गते पत्रकारसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने बताएकी हुन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैले आ–आफ्नो पेशा व्यवसाय ढुक्ककासाथ सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएकी छन् । जिल्ला प्रशासन कार्यालय खोटाङले इतिहासमै पहिलोपल्ट महिला सिडियो पाएको हो ।
गृह–मन्त्रालयले श्रेष्ठलाई खोटाङको ५२ औं सिडियोको रुपमा खटाएको हो ।