• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बनाइयो विमानस्थल अध्यागमन प्रमुख

खोटाङका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बनाइयो विमानस्थल अध्यागमन प्रमुख

images

प्रभाव न्यूज

३१ आषाढ २०८२
  • 6.9K
    SHARES
  • images
    खोटाङका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई बनाइयो विमानस्थल अध्यागमन प्रमुख
    images
    images
    images

    काठमाडौं –गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई एक महिना पनि नपुग्दै जिम्मेवारीबाट हटाएको छ ।

    images

    मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएको हो । उनलाई ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो ।

    अख्तियारले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको थाहा पाएपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई जिम्मेवारी दिएको थियो । भोलिपल्ट कोइराला हाजिर हुन आउन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो । सहसचिव भट्टराई पक्राउ परेका थिए ।

    पछि हाजिर जमानतमा उनी छुटेका थिए । अहिले उनको ठाउँमा आएका कोइरालालाई समेत हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई यो जिम्मेवारी दिइएको छ ।

    images

     

    images

    images
    images

    प्रकाशित :आषाढ ३१, २०८२ मंगलवार - १८:१३:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij