• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भानुभक्त ढकाललाई एमाले कार्यकर्ताको चुनौती : तपाई आफैं नोटिसमा हुनुहुन्छ

भानुभक्त ढकाललाई एमाले कार्यकर्ताको चुनौती : तपाई आफैं नोटिसमा हुनुहुन्छ

images

प्रभाव न्यूज

२७ आषाढ २०८२
  • 7.2K
    SHARES
  • images
    भानुभक्त ढकाललाई एमाले कार्यकर्ताको चुनौती : तपाई आफैं नोटिसमा हुनुहुन्छ
    images
    images
    images

    काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बिहीबार पार्टी नेतृत्वविरुद्ध लाग्नेहरुलाई नोटिस गरिएको बताएका थिए।

    images

    जनसंगठनका पदाधिकारीहरुको बैठक राखेर ढकालले भनेका थिए, ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरुबारे विचार गरिन्छ, नोटिस गरिएको छ। ।’

    संस्थागत निर्णय विरुद्ध उभिने नेताहरुलाई नोटिस गरिएको चेतावनी दिएपछि ढकालविरुद्ध अहिले एमालेको ठूलै पंक्ति उभिएको देखिन्छ ।

    विशेषगरी युवा-विद्यार्थीहरुले ढकाललाई उल्टै चुनौती दिएर सामाजिक सञ्जालमा स्टाटस लेखिरहेका छन् । राष्ट्रिय युवा संघ नेपालका पूर्वमहासचिव सुमन पुरीले कुनै एक नेताले भनेको कुरा संस्थागत निर्णय नहुने उल्लेख गरेका छन् । बरु उल्टै ढकाललाई आफूहरुले नोटिसमा राखेको पुरीले लेखेका छन् ।

    images

    ‘अति नगर, अब हामीले नोटिस गर्न थालेका छौं, त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहदैन, हेक्का राख’, पुरीले लेखेका छन् । युवा संघको पोखरा महाधिवेशन पुरी अध्यक्ष पदका आकांक्षी थिए ।

    images

    तर क्षितिज थेबेलाई नै पार्टी नेतृत्वले दोहोर्‍याउन चाहेपछि मतदानबाट नेतृत्व चयन भएको थियो । उक्त मतदानमा पराजित पुरीले पार्टीबाट संस्थागत रुपमै आफूलाई हराउने खेल भएको बताउने गरेका छन् ।

    युवा संघ जस्तै अनेरास्ववियुको अध्यक्ष बन्न नपाएका प्रकाश पौडेलले पनि भानुभक्त ढकालको चुनौतीमा उल्टै जवाफ दिएका छन् । पार्टी संकटमा रहँदा पनि मैदानमै भएको र अब पनि मैदानमै रहने पौडेलको चुनौती छ ।

    ‘पार्टी नोटिसमा होइन, चरम आक्रमणमा थियो, धेरैका पाइला कता चल्ने भन्ने दोधारमा थियो, त्यसै बेला मैदानमा उभिएर हामीले बल पैदा गरेका थियौ,’ पौडेलले लेखका छन्, ‘जनताको प्रिय एमाले बनाउने अभियानमा हामी निरन्तर छौं, कसैले कुनै शक्तिले पनि हामीलाई रोक्न सक्दैन ।’

    प्रेस चौतारी नेपालका पूर्वमहासचिव राजेश राईले त ढकालले कसरी कार्यकर्तालाई अन्याय गरिरहेका छन् भनेर साहित्यिक पोष्ट नै गरेका छन् । उनको पोष्टबाट ढकालले कार्यकर्ताहरुको सपनालाई निमोठ्ने काम गरेको बुझ्न सकिन्छ । राईको अर्को पोष्ट छ, ‘अहो ! घमण्डको कत्रो पहाड ?’

    ढकालको चुनौती लक्षित राईको स्टाटसमा उनकै समर्थकहरुको धेरै प्रतिक्रिया छ । जसमध्ये अनेरास्ववियुका पूर्वसचिव आरती भट्टराईले लेखेकी छन्, ‘ज्वालामुखी बिस्फोट हुन्छ चाँडै ।’

    विराटनगरमा सम्पन्न चौतारीको राष्ट्रिय सम्मेलनमा राई अध्यक्ष पदका आकांक्षी थिए । तर एमाले नेतृत्वले उनलाई रोकेको थियो ।

    यी तीनै जना संस्थापनइतरका नेताहरु हुन् । र उनीहरुले ढकालविरुद्ध लेखेपछि अरुले पनि त्यही अभियानलाई साथ दिइरहेका छन् । ‘आम जनताको, भुइँ मान्छे, कार्ययोगी र निस्वार्थ कार्यकर्ताको भावना नबुझ्ने नेताहरुले पनि नोटिसमै छन्,’ आरके रोमसले लेखेका छन् । उनी अनेरास्ववियुको महाधिवेशनमा महासचिव पदका आकांक्षी थिए ।

    एमालेका थुप्रै नेता-कार्यकर्ताले गत आमचुनावमा ढकालले पाएको मत परिणाम राखेर जनता र कार्यकर्ताहरुबीच अलोकप्रिय नेतालाई अब पनि नोटिशमा राखिने चेतावनी दिएका छन् ।

    images
    images

    प्रकाशित :आषाढ २७, २०८२ शुक्रवार - १८:५४:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij