• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन् : राप्रपा

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन् : राप्रपा

images

प्रभाव न्यूज

२३ आषाढ २०८२
  • 3.2K
    SHARES
  • images
    भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म संलग्न छन् : राप्रपा
    images
    images
    images

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।

    images

    प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने बताएका हुन् ।

    ‘अन्य विषयहरुमा जस्तै भिजिट भिसा प्रकरणको लागि भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहन्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।

    उनले सरकारले दुई तिहाइको आडमा सदन चलाउन खोजिएको भन्दै आपत्ति पनि जनाए ।

    images

    ‘आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको छ । संसारभरी नेपालीहरुको बदनामी भइराखेको यत्रो जल्दो बल्दो भिजिट भिसा प्रकरणमा किन छानबिन समिति गठन गर्नु भएन ?,’ उनको प्रश्न थियो ।

    images

    images
    images

    प्रकाशित :आषाढ २३, २०८२ सोमवार - १६:४४:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij