• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

images

प्रभाव न्यूज

५ आषाढ २०८२
  • 3.1K
    SHARES
  • images
    देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली
    images
    images
    images

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् ।

    images

    प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको थियो । यसका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नै छ्न । तर, माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर रहेकाले छलफल हुन सकेको छैन् ।

    ‘मंगलबार बेलुकी चितवनबाट प्रचण्ड काठमाडौं आउने भनेपछि बुधबार राखियो, उहाँ आउनुभएन । आज दिउँसो २ बजे बसौं भनिएको छ । तर, प्रचण्डको फर्किने कुराले कतिबेला बस्छ भन्ने तय हुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने ।

    ती अधिकारीका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा तीन दलका शीर्ष नेताहरू बस्न लागेका हुन् ।

    images

    संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सम्बन्धित आयोगले काम गरिरहेको छ । त्यसमा हस्तक्षेप नभएर पीडितका कुरा कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयमा तीन नेता छलफलमा बस्ने लागेको नेताहरू बताउँछन् ।

    images

    प्रचण्ड काठमाडौं फर्किएपछि तीन नेताबीच छलफल हुनेछ । कांग्रेस र एमालेका नेताहरू भने निरन्तर संवादमा छन् । उनीहरू बुधबार बेलुकी पनि छलफलमा थिए ।

    images
    images

    प्रकाशित :आषाढ ५, २०८२ बिहिवार - ११:३८:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij