• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हामीलाई एमालेले अवरोध गरे प्रतिकार हुन्छ : अध्यक्ष लिङ्देन

हामीलाई एमालेले अवरोध गरे प्रतिकार हुन्छ : अध्यक्ष लिङ्देन

images

प्रभाव न्यूज

१५ जेठ २०८२
  • 6.4K
    SHARES
  • images
    हामीलाई एमालेले अवरोध गरे प्रतिकार हुन्छ : अध्यक्ष लिङ्देन
    images
    images
    images

    काठमाडौँ –राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि हुने राजावादीहरूको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै काठमाडौँ कब्जा गर्ने नाममा एमाले कार्यकर्ताले आफूहरूको कार्यक्रममा अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

    images

    बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले यस्तो चेतावनी दिएका हुन् । तर उनले आफूहरूको कार्यक्रम शान्तिपूर्ण हुने र कुनै पनि हिंसात्मक गतिविधि नहुने बताए । 

    ‘स्वयंसेवक घोषणा गरिएका र जिम्मेवारी दिएका युवाहरू मात्र स्वयंसेवक होइन । तपाईं प्रत्येक सहभागी र कार्यकर्ताहरू स्वयंसेवक भएर अगाडि बढ्नुपर्छ । र, तपाईंको छेउमा आउने कुनै पनि मानिस ढुङ्गा हान्न खोज्छ, हिंसात्मक क्रियाकलाप गर्न उद्यत हुन्छ भने निगरानी मात्र होइन तुरुन्तै पक्रनुस्’, लिङ्देनले आफ्नो कार्यक्रममा घुसपैठ हुनसक्ने सम्भावना रहेकाले सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए । 

    ‘त्यो सरकारको तर्फबाट घुसपैठ गरेको पनि हुनसक्छ । हाम्रै पनि कोही साथी उत्तेजित छ भने उसलाई सम्झाउनुस्’, उनले भने, ‘अहिले हामीले कुनै पनि प्रकारको हिंसा भड्काउने र आन्दोलनलाई हिंसात्मक बनाउने योजना बनाएको छैन ।’

    images

    तर उनले भोलि सरकारको दमन बढ्यो,सरकारले दमनबाटै ठिक लगाउने योजना बनायो अथवा प्रधानमन्त्रीले भनेजस्तो उनका पार्टीका मानिसहरू काठमाडौँ कब्जा गर्ने नाममा कार्यक्रम अवरोध गर्नेतर्फ अगाडि बढे भने त्यसबेला प्रतिकार जरुर हुने बताए ।

    images

    images
    images

    प्रकाशित :जेठ १५, २०८२ बुधवार - १७:३८:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij