• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश

रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश

images

प्रभाव न्यूज

१० जेठ २०८२
  • 9.6K
    SHARES
  • images
    रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
    images
    images
    images

    सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

    images

    न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार पनि बहस भएको थियो।

    तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो। मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो।

    बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए।

    images

    छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बिहीबार नै बहस सकेका थिए। जाहेरवालाको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए।

    images

    त्यसपछि रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गरेका हुन्। जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

    त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे। उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो।

    त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। ती निवेदनसहित बन्दी प्रत्येक्षीकरणको निवेदन पनि साथै राखेर सुनुवाइ गरिएको हो।

    images
    images

    प्रकाशित :जेठ १०, २०८२ शुक्रवार - २०:४६:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij