• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ

प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ

images

प्रभाव न्यूज

७ जेठ २०८२
  • 14.7K
    SHARES
  • images
    प्रधानमन्त्रीले भने- ८४ को निर्वाचनमा एमालेको एकल बहुमत आउँछ
    images
    images
    images

    काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका छन् ।  

    images

    सोमबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधरणतया कुनै एक दलको बहुमत आउन गाह्रो भए पनि एमालेको एकल बहुमत आउन असम्भव नरहेको बताएका हुन् । 

    संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्ने गरी तयारी गर्नुपर्ने उनले बताए ।

    प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको उल्लेख गरे ।

    images

    एमालेले व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि काम गरिरहेको उनले बताए।  

    images

    प्रधानमन्त्री ओलीले  विपक्षीहरूले जनतामा आफुहरुविरुद्ध भ्रम फिँजाउन खोजेको उल्लेख गर्दै त्यस्तो भ्रम चिर्न सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले कम्युनिस्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे ।

    images
    images

    प्रकाशित :जेठ ७, २०८२ मंगलवार - १२:४९:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij