• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नागढुंगामा ट्राफिक इन्स्पेक्टरले प्रहरी जवान कुट्नुको कारण यस्तो खुल्यो !

नागढुंगामा ट्राफिक इन्स्पेक्टरले प्रहरी जवान कुट्नुको कारण यस्तो खुल्यो !

images

प्रभाव न्यूज

२ जेठ २०८२
  • 10.8K
    SHARES
  • images
    नागढुंगामा ट्राफिक इन्स्पेक्टरले प्रहरी जवान कुट्नुको कारण यस्तो खुल्यो !
    images
    images
    images


    काठमाडौं – नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरीका एक जवानलाई कुटेको भिडिओ बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो ।

    images

    भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन गर्दा कुट्ने र कुटाई खाने दुवैको पहिचान भयो । कुट्ने ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्रकुमार साह र कुटाई खाने प्रहरी जवान मदन खड्का रहेको खुल्यो ।
    ड्युटीमा रहेको बेला बर्दीमै मध्यसडकमा हातपातमा उत्रिएपछि दुवै जनाको जिम्मेवारी खोस्दै अनुसन्धान अघि बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले एक विज्ञप्ति जारी गर्दै छानबिनका लागि दुवैलाई जिम्मेवारीबाट हटाइएको बताए ।

    यो विवाद के हो भन्नेबारे प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अहिलेसम्मको छानबिनले कुटाइ खाएका प्रहरी जवानले काठमाडौं छिर्न लागेका गाडीहरुबाट अवैध रुपमा रकम उठाएको खुलेको छ ।

    ‘घटना हुने बेला भारतीय नम्बर प्लेटको गाडी काठमाडौं छिर्न लागेको रहेछ । प्रहरी र ट्राफिक दुवै आ–आफ्नो ड्युटीमा रहेछन् । त्यही बेला जवानले भारतीय गाडीबाट रुपैयाँ लिएको भन्ने देखिएको छ’, एक प्रहरी अधिकृतले भने, ‘रकम नै लिएको भए पनि कुटपिट गर्न नमिल्ने भएकाले इन्स्पेक्टरमाथि पनि छानबिन गरिएको हो । गलत गरेमा विभागीय कारबाही गर्नुका साटो हातपातमा उत्रनु राम्रो होइन ।’

    images

    images
    images

    प्रकाशित :जेठ २, २०८२ बिहिवार - १३:२६:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij