• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको मृत्यु

ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको मृत्यु

images

प्रभाव न्यूज

१० बैशाख २०८२
  • 8.1K
    SHARES
  • images
    ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको मृत्यु
    images
    images
    images

    खोटाङ- खोटाङमा ट्याक्टरको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ।

    images

    ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङदेल बादस्कुका ४५ वर्षीय यादवराज राईको ज्यान गएको हो।

    राखाबाङदेलबाट फेदीतर्फ जाने कच्ची सडकमा मंगलबार राती उत्ताने परेको अवस्थामा भेटिएका राईको ट्याक्टरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट बुधबार बिहान खटेको प्रहरी निरीक्षकको टोलीले अनुसन्धान गर्ने क्रममा प्रदेश २–०१–००१ त १५६४ नम्बरको ट्याक्टरको ठक्करबाट राईको ज्यान गएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    images

    ट्याक्टर र चालक रावाबेशी गाउँपालिका–३ डुम्रेधारापानीका २० वर्षीय सुजन खड्का इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कको नियन्त्रणमा रहेको छ।

    images

    कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि आजै प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क पठाइएको छ।

    images
    images

    प्रकाशित :बैशाख १०, २०८२ बुधवार - १४:५६:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij