खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगलागी सुरु भएको हो ।
स्थानीयबासी, प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रणभन्दा बाहिर रहेको वडाध्यक्ष कमल गिरीले प्रभावन्यूजलाई जानकारी दिए।
उनक अनुसार आफू स्वयमपनि आगो नियन्त्रणमा प्रयासमा रहेकोले आगो झनै अनियन्त्रित हुँदा समस्या भएको छ ।
आगालागीबाट दुईघर पूर्णरुपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घरमाआपतकालीन जोखिम रहेको बताइएको छ ।
स्थानीय पदम राई र आइराख राईका घर जलिसकेको छ ।