• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उदयपुरबाट १२ जुवाडे पक्राउ, तीन लाख रकम बरामद

उदयपुरबाट १२ जुवाडे पक्राउ, तीन लाख रकम बरामद

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 4.7K
    SHARES
  • images
    उदयपुरबाट १२ जुवाडे पक्राउ, तीन लाख रकम बरामद
    images
    images
    images

    उदयपुर सदरमुकाम गाईघाटमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले शनिबार साँझ ६:१५ बजे त्रियुगा नगरपालिका–१३ हवाईफिल्डस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी निरीक्षक सुमन बानियाको नेतृत्वमा गएको टोलीले रामप्रसाद राईको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि छापा मारेको थियो।

    प्रहरीले २२ वर्षदेखि ७५ वर्ष उमेर समूहका १२ जनालाई नगद, तास र कौडासहित रंगेहात पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा घरधनी रामप्रसाद राई (४५), त्रियुगा–८ का मदन राउत (७५), त्रियुगा–७ का रीतबहादुर राउत (४५) र जालबहादुर मगर (६२) रहेका छन्। त्यसैगरी, त्रियुगा–१६ का कुमार कार्की (२७), त्रियुगा–१२ का राजेन्द्र राई (३४), त्रियुगा–१३ का चिरञ्जीवी राई (५०) र त्रियुगा–४ का तिलकबहादुर बुढाथोकी (५२) पक्राउ परेका छन्। रौतामाई गाउँपालिका–३ का राजकुमार कटुवाल (३५), बालकृष्ण राई (३५), निरज कटुवाल (३०) र सप्तरी सम्भुनाथ नगरपालिका–३ का राकेश चौधरी (२२) पनि पक्राउ परेका छन्।

    images

    प्रहरीले घटनास्थलबाट नगद ३ लाख १ सय ८०, २२ थान कौडा र ३ बुक तास बरामद गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ।

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - २३:३५:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij