• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


दिक्तेल रुपाकोट मझुवागढी : ५८ प्रतिशत आम्दानी ३२ प्रतिशत खर्च

दिक्तेल रुपाकोट मझुवागढी : ५८ प्रतिशत आम्दानी ३२ प्रतिशत खर्च

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 3.3K
    SHARES
  • images
    दिक्तेल रुपाकोट मझुवागढी : ५८ प्रतिशत आम्दानी ३२ प्रतिशत खर्च
    images
    images
    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म ३२ प्रतिशत खर्च गरेको छ।

    images

    नगरपालिकाको आयोजना तथा नवसंवाद पाक्षिकको संयोजन तथा सहजीकरणमा फागुन २ गते नगरपालिकाको कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार राईले ५८ प्रतिशत आम्दानी हुँदा ३२ प्रतिशत मात्रै खर्च भएको जानकारी दिनुभएको हो।

    प्रशासकीय अधिकृत राईका अनुसार ९८ करोड ९४ लाख ८२ हजार ९९५ रुपैयाँ वजेट चालू आर्थिक वर्षको अनुमानित वजेट भएकोमा माघ मसान्तसम्म ५८ करोड ५ लाख ९१ हजार ३४५ रुपैयाँ(५८.६८ प्रतिशत)वजेट प्राप्त भएको थियो।

    राजस्व बाँडफाडबाट ७ करोड ७३ लाख १२ हजार ९९७ रपैयाँ, संघीय अनुदानबाट ४२ करोड ८४ लाख ८९ हजार, प्रदेश अनुदानबाट ४ करोड ८० लाख ८८ हजार, आन्तरिक राजश्वबाट ७१ लाख ६७ हजार ९११ रुपैयाँ र अल्याबाट १ करोड ९५ लाख ३३ हजार ५३७ रुपैयाँ आम्दानी भएको थियो। विनियोजित बजेटको चालू र पूँजीगत गरेर ३२ करोड ३३ लाख १ हजार ४९८ रुपैयाँ(३२.६८ प्रतिशत) खर्च भएको छ।

    images

    चालूतर्फ २८ करोड २ लाख ६५ हजार ४१३.३० पैसा(३९.०४ प्रतिशत) र पूँजीगततर्फ ४ करोड ३० लाख ३६ हजार ८५ रुपैयाँ(१५.८४ प्रतिशत) खर्च भएको छ। चालूतर्फ खर्चको प्रगति देखिए पनि पूँजीगततर्फ भौतिक प्रगति भईरहेको तर, भुक्तानी लान बाँकी रहेकाले खर्च प्रगति कम देखिएको प्रशासकीय राईले बताए।

    images

    सार्वजनिक सुनुवाईमा १३ जना नागरिकले नगरपालिकाको काम,कारवाही, विकासे काम, सुशासन, पारदर्शीता र जवाफदेहितामाथि सीधा प्रश्न गरेको थिए। नगरपालिकामाथि आएका प्रश्नहरुको प्रमुख प्रशासकीय अधिकृत राई,नगर प्रवक्ता एवंम् लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नगर उपप्रमुख विसन राई र नगरप्रमुख तीर्थराज भट्टराईले जवाफ दिनुभएको थियो।

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - २०:५४:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij