• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कर्मचारी कुटपिट विषयमा कर्मचारी संगठनको विरोध

कर्मचारी कुटपिट विषयमा कर्मचारी संगठनको विरोध

images

प्रभाव न्यूज

२ फाल्गुण २०८१
  • 6.0K
    SHARES
  • images
    कर्मचारी कुटपिट विषयमा कर्मचारी संगठनको विरोध
    images
    images
    images

    खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडा सचिव होमनाथ ढकालमाथि भएको हातपातको तीन कर्मचारी संगठनले विरोध गरेको छ।

    images

    एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला कार्य समिति अध्यक्ष सोम प्रसाद आचार्य, राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला कार्य समिति अध्यक्ष चित्र कुमार सुवेदी र नेपाल निजामती कर्मचारी युनियनका जिल्ला कार्य समिति अध्यक्ष शम्भु तामाङले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर उक्त घट्नाको विरोध गरेको हो।

    माघ २८ गते उक्त वडाका वडा सदस्य युव बहादुर कार्की, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य राजकुमार ढकाल लगायतको समुह हुलहुज्जतका साथ वडा कार्यालयमा प्रवेश गरी सार्वजनिक सम्पत्तिको तोडफोड प्रयास गरेको र कार्यालय परिसरमै वडा सचिव ढकाललाई हातपात गरेको विज्ञप्तिमा उल्लेख छ।

    स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा सेवारत कर्मचारीमाथि गुण्डागर्दी शैलीमा हातपात तथा सार्वजनिक सम्पत्तिको तोडफोड हुनु कानुनी राज्यको उपहास भएको हाम्रो ठम्याई छ। यस प्रकारको घट्नाले कर्मचारीहरुको मनोवल घट्न गई सेवा प्रवाह प्रभावित हुन जाने हुँदा घट्नाको सत्यतथ्य छानबिन गरी अपराधिक कार्यमा संलग्नहरुलाई यथासिघ्र आवश्यक कारबाही गरी कर्मचारीहरुको कार्यस्थल र जीउ ज्यानको सुरक्षा गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ।

    images

    अपराधिक कार्यमा संलग्नलाई यथासिघ्र पक्राउ गरी कारबाहीको प्रक्रिया अघि नबढाएको खण्डमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्न बाध्य हुने राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला कार्य समिति अध्यक्ष चित्र कुमार सुवेदीले बताए।
    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले पनि आजै प्रेस विज्ञप्ति जारी गरेर घट्नाको विरोध गर्दै अपराधिक कार्यमा संलग्नलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न भनेको छ।

    images

    यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१ दिक्तेलका वडासचिव युवराज कालिकोटे, दिक्तेल सोल्माका वडा सचिव गोमा ढकाल, बाम्राङका वडा सचिव मन्दिरा घिमिरे, खाल्लेका वडा सचिव पवन श्रेष्ठ, लफ्याङका वडा सचिव दिनेश कुमार राई, चिउरीडाँडाका वडा सचिव प्रभुराम कटवाल, पाथेकाका वडा सचिव मोहन प्रसाद आचार्य, खार्मीका वडा सचिव होमनाथ खनाल, जालपाका वडा सचिव सन्जिव मुग्राती, नुनथलाका वडा सचिव चिरञ्जीवी आचार्य र बुईपाका वडा सचिव मोहन प्रसाद आचार्यले पनि शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर कुटपिटको विरोध गर्दै अपराधिक कार्यमा संलग्नलाई यथासिघ्र पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

    विजयखर्कको ढुंगे चौतारा कामीडाँडा हुँदै सरोज राईको घरसम्म पुग्ने सडकको छलफलमा कार्यालय परिसरभित्रै एक्कासी वडा सचिव ढकालमाथि हातपात भएको थियो।

    images
    images

    प्रकाशित :फाल्गुण २, २०८१ शुक्रवार - २०:३१:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij