• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ज्ञानेन्द्र जोशी पूनः बने रेडक्रस खोटाङको सभापति

ज्ञानेन्द्र जोशी पूनः बने रेडक्रस खोटाङको सभापति

images

प्रभाव न्यूज

१ फाल्गुण २०८१
  • 7.9K
    SHARES
  • images
    ज्ञानेन्द्र जोशी पूनः बने रेडक्रस खोटाङको सभापति
    images
    images
    images

    खोटाङ– नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ। पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिं बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो।

    images

    नेपाली काँग्रेस खोटाङका जिल्ला सचिवसमेत रहनुभएका जोशीले ८१ मत ल्याएर रेडक्रस सभापतिमा विजयी हुँदा बस्नेतले जम्मा ४० मतमात्र प्राप्त गर्नुभएको छ । दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएका जोशीले अघिल्लो अर्थात् ११ औँ जिल्ला अधिवेशनमा बस्नेतलाई १२ मतले पराजित गर्नुभएको थियो।

    रेडक्रस खोटाङको १२ औँ जिल्ला अधिवेशन अन्तरगत माघ–३० गते साँझ भएको निर्वाचनमा महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी हुनुभएको छ। आचार्यले ७० मत तथा बस्नेतले ४५ ल्याएर महिला र खुला उपसभापतिमा विजयी हुनुभएको हो।

    आचार्य सभापतिका उम्मेदवार बस्नेत प्यानेल (समूह)का हुनुहुन्छ भने, बस्नेत नवनिर्वाचित सभापति जोशी प्यानेलको उम्मेदवार हुनुहुन्छ । जोशी प्यानेलका महिला उपसभापतिका उम्मेदवार रत्नमायाँ बुढाथोकीले ४३ तथा बस्नेत प्यानेलका खुला उपसभापतिका उम्मेदवार भीमबहादुर सैँजूले ३२ मतमात्र प्राप्त गर्नुभएको छ।

    images

    सात पदाधिकारी तथा दशजना सदस्यका लागि भएको निर्वाचन अन्तरगत मन्त्रीमा जोशी प्यानेलकै छत्रकुमार बजिमय विजयी हुनुभएको छ । बजिमयले ८७ मत ल्याएर मन्त्री पदमा विजयी हुँदा अर्का मनत्री पदका उम्मेदवार कृष्णप्रसाद आचार्यले २९ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ।

    images

    दुई वर्षे कार्यकालका लागि चयन गरिएको रेडक्रस खोटाङको कोषाध्यक्षमा जोशी प्यानेलकै लीलाबहादुर खत्री विजयी हुनुभएको छ। खत्रीले ६६ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका नवराज केसीले ४६ मतमात्र प्राप्त गर्नुभएको जनाइएको छ।

    उपमन्त्रीमा जोशी प्यानेलकै कृष्णप्रसाद अधिकारी झिनो मतले विजयी हुनुभएको छ। अधिकारीले ५५ मत ल्याएर उपमन्त्रीमा विजयी हुँदा बस्नेत प्यानेलका शिवकुमार बस्नेतले ५३ मत प्राप्त गर्नुभएको छ।

    जिल्लाभरका १३८ मतदातामध्ये १२६ जना मतदाता सहभागी निर्वाचनमा शाखाको उपकोषाध्यक्ष पदमा जोशी प्यानेलकै अशोक आचार्य १९ मतको फरकले विजयी हुनुभएको छ । आचार्यले ६३ मत ल्याएर उपकोषाध्यक्षमा विजयी हुँदा बस्नेत प्यानेलका छत्रबहादुर केसीले ४४ मत प्राप्त गर्नुभएको जनाइएको छ।

    तीनजना महिला सदस्यमा जोशी प्यानेलकै इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी हुनुभएको छ । बस्नेतले ८१, रिजालले ७८ र दाहालले ७५ मत ल्याएर विजयी हुँदा बस्नेत प्यानेलका रुपा विश्वकर्माले ४७ मत प्राप्त गर्नुभएको छ।

    सातजना खुला सदस्यका लागि १४ जना उम्मेवारबीच भएको निर्वाचनमा बस्नेत प्यानेलका अर्जुनकुमार राउत बाहेक अन्य छजना जोशी प्यानेलका उम्मेदवार विजयी भएका छन्। बस्नेत प्यानेलका राउतले ६६ मत ल्याएर सदस्यमा निर्वाचित हुनुभएको हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाण्डेशनमा गएराति सम्पन्न निर्वाचनमा जोशी प्यानेलका गोपाल राईले सबैभन्दा बढी ६७, पुस्विन खत्री र किशोर श्रेष्ठ ६०/६०, रामचन्द्र केसीले ५८, कर्णबहादुर बस्नेतले ५७ र यामबहादुर निरौलाले ५१ मत ल्याएर सदस्य विजयी हुनुभएको छ। 

    images
    images

    प्रकाशित :फाल्गुण १, २०८१ बिहिवार - ०९:१२:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij