• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दिक्तेल बजारमा हुने मिनि महोत्सव स्थगित

दिक्तेल बजारमा हुने मिनि महोत्सव स्थगित

images

प्रभाव न्यूज

३० माघ २०८१
  • 4.6K
    SHARES
  • images
    दिक्तेल बजारमा हुने मिनि महोत्सव स्थगित
    images
    images
    images

    खोटाङ– नमुना स्पोर्ट्स क्लब लफ्याङले दिक्तेलबजारमा लगाईने भनिएको मिनि महोत्सव स्थगित भएको छ।

    images

    क्लबका अध्यक्ष सविन राईले बुधबार साँझ विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि १६ गतेसम्म दिक्तेलस्थित जैपुरेडाँडामा लगाईने भनिएको ‘प्रथम मझुवागढी कालिका भगवती मिनि महोत्सव’ स्थगित भएको जानकारी दिएको छ।

    महोत्सव सञ्चालन गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ २२ गते क्लबलाई अनुमति दिएको थियो। तर, नगरपालिकाले पुनः माघ २९ गते महोत्सव स्थगन गर्न पत्र काटेपछि महोत्सव स्थगित गर्नुपरेको विज्ञप्तिमा जनाईएको छ।

    ‘महोत्सव गर्न दिईएको समयमा राष्ट्रिय बाँस सम्मेलन लगायतका कार्यक्रमहरु समेत यसै समयमा भएकाले यस कार्यालयको अर्को आदेश नभएसम्मका लागि त्यस संस्थाबाट आयोजना गरिएको मिनि महोत्सव कार्यक्रम स्थगन गर्नुहुन आदेश अनुसार अनुरोध छ’। नगरपालिकाले क्लबलाई लेखेको पत्रमा भनिएको छ। मिनि महोत्सवप्रति असन्तुष्टी जनाउँदै खोटाङ उद्योग बाणिज्य संघले पनि गत माघ २४ गते विज्ञप्ति जारी गरेर महोत्सव स्थगन गर्न आग्रह गरेको थियो।

    images

    “महोत्सव सञ्चालन गर्न पाथिभरा इन्टरटेनमेन्ट प्रालिले २५ लाख लगानी गरिसकेको अवस्थामा उदघाटन हुने एकदिन अघि मात्र षडयन्त्रपूर्वक ढंगले मिनि महोत्सव स्थगन कार्यप्रति क्लबको गम्भीर ध्यानाकर्षण भएको छ। उदघाटनको पूर्वसन्ध्यामा भएको निर्णयप्रति घोर आपत्ति जनाउँदै स्थगन गर्ने निकाय समक्ष क्षतिपुर्तिको जोडदार माग गर्दछौ।” विज्ञप्तिमा भनिएको छ।

    images

    क्लबले गत माघ २४ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर महोत्सवमा स्थानीय कृषि मेला प्रदर्शनी, गायन तथा लोक नृत्य, साहित्य तथा कविता वाचन, जिल्लाभरीका खेलाडीमध्ये विद्यागत उत्कृष्ट खेलाडी सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, स्थानीय तथा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने जानकारी दिएको थियो।

    images
    images

    प्रकाशित :माघ ३०, २०८१ बुधवार - २२:००:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij