• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो

सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 6.6K
    SHARES
  • images
    सम्बन्धविच्छेदको मुद्दा टुंगिएसँगै एलिनाले लेखिन्– प्रिय विष्णु हाम्रो सम्बन्ध अल्पायु मै पूर्णविराम लाग्यो
    images
    images
    images

    काठमाडौँ - गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताएकी छन् । काठमाडौँ जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै चौहानले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ।’

    images

    प्रिय विष्णु भन्दै आफ्नो फेसबुक स्ट्याटस सुरु गरेकी उनले वैवाहिक जीवनका अविस्मरणीय पलहरू उल्लेख गरेकी छन्  । ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।  तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दूरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। 

    वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ,’ उनले भनिन् ।

    तर सम्बन्धविच्छेद रहरले नभई बाध्यतामा भएको उनको भनाइ छ । ‘जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’  उनले लेखेकी छन् । 

    images

    आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको चौहानको भनाइ छ । पत्नीका रूपमा अधिकारले आफूले पाउने सम्पत्ति पनि विष्णुको प्रगति र उन्नतिका लागि छोडेको चौहानको भनाइ छ । उनले विष्णुलाई बाँकी जीवनको शुभकामना पनि दिएकी छन् । 

    images

    मंगलबार काठमाडौँ जिल्ला अदालका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - १६:५२:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij